दुर्गेश थापाको ‘बीच्च बीच्चमा २’ गीत सार्वजनिक (भिडियो)

  • प्रकाशित मिति : २०७७ असार १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । गायक दुर्गेश थापाको ‘ब‍ीच्च बीच्चमा २’ गीत सार्वजनिक भएको छ। तिज नकिकिँदै गर्दा थापाले दोस्रो गीत सार्वजनिक गरेका हुन।

यसअघि ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको तीज गीत निकै हिट भएको थियो। ब‍ीच्च बीच्चमा २ गीत दुर्गेशले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन।



गीतमा कोरोना महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई पनि समेटिएको छ। गीतको निर्देशन शिव विकले गरेका छन् भने अर्जुन तिवारी र टोलीको छायांकन छ।

भिडियोमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, सरिता केसी, , शिल्पी खड्का लगायतका कलाकार छन्।

हेर्नुहोस यस्तो छ गीत