काठमाडौँ । बझाङको केदारस्युँ गाउँपालिकामा भिषण पहिराले डेढ दर्जन घर बगाएको छ। गएराति केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो जाँदा डेढ दर्जन घर बगाएको हो।
गएराति पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएपनि क्षतिको विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए।
उनले भने, ‘स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सात जना बेपत्ता भएका जानकारी दिएका छन्। ‘ठूलो क्षतिको कुरा छ, हाम्रो टोली घटनास्थलमा जाँदै छ’।
घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको छ।