बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार २१, आईतवार
  • नेपाल टेल संवाददाता

पोखरा। बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्मा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो।



लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।