सबैभन्दा धेरै कोरोना प्रभावित देशमध्ये भारत तेस्रो स्थानमा

  • प्रकाशित मिति : २०७७ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । अमेरिका र ब्राजिलपछि भारत सबैभन्दा धेरै कोरोना संक्रमणबाट प्रभावित देश बनेको छ।

आइतबार रुसलाई पछि पार्दै भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचीको तेस्रो नम्बरमा उक्लिएको हो। पछिल्लो २४ घण्टामा भारतमा २३ हजार ९ सय ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ सय २१ जनाको मृत्यु भएको छ।



यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ८३७ पुगेको छ भने १९ हजार ९ सय जनाको मृत्यु भएको छ।

त्यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुनेको सूचीमा रुप एक स्थान तल झर्दै चौँथो स्थानमा पुगेको छ।

रुसमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् भने १३४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म रुसमा कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार २५१ पुगेको छ भने १० हजार १ सय ६१ जनाको मृत्यु भएको छ।