काठमाडौं महानगरले फुटबल क्लबलाई बाँड्यो ६० लाख नगद

  • प्रकाशित मिति : २०७७ असार २२, सोमबार
  • nepaltale.com

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ६ वटा ए डिभिजन लिग क्लबहरुलाई ६० लाख रुपैयाँ बराबर नगद रकम वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ६ वटा क्लबलाई १०–१० लाख रुपैयाँका दरले नगद हस्तान्तरण गरेका हुन् ।

महानगरपालिकाले शहीद स्मारक ए डिभिजन लिग खेल्ने मनाङ मर्स्याङ्दी, संकटा, सरस्वती, मञ्छिन्द्र, एनआरटी र हिमालयन शेर्पालाई नगद हस्तान्तरण गरेको हो ।

काठमाडौं महानगरपालिकाले नेपाली फुटबलको विकासका लागि भन्दै ए डिभिजन लिग खेल्ने क्लबहरुलाई नगद सहयोग गर्दै आएको छ ।

महानगरले ए डिभिजनका क्लबलाई १० लाख, बी डिभिजनका क्लबलाई ३ लाख र सी डिभिजनका क्लबलाई २ लाख अनुदान दिँदै आएको छ ।