मास्क नलगाई हिड्नेलाई पक्राउ गर्न निर्देशन

  • प्रकाशित मिति : २०७७ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

काडमाडौं । सरकारले मास्क नलगाई घर बाहिर हिड्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्लाका सिडिओलाई मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न परिपत्र जारी गरेको छ।



पछिल्लो समय लकडाउन खुकुलो भएपनि कतिपय मानिसहरु मास्क नलगाई हिड्डुल गर्ने गरेका छन्। संक्रमणका घटना बढिरहेका बेला सरकारले सावधानी अपनाउन आग्रह गर्दै आएको छ।

मास्क नलगाई हिड्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो।