के नेपालमा कोरोना संक्रमितको संख्या घट्न थालेको हो ?

  • प्रकाशित मिति : २०७७ असार २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो पछिल्लो समय एकैदिन थपिनेको सबैभन्दा कम संख्या हो।



बुधवार २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसको तुलनामा बिहीबार संक्रमितको संख्या घटेको हो ।

असार १९ गतेदेखि २३ गतेसम्मको तथ्यांकअनुसार दैनिक संक्रमितको संख्या घटिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि बताएका थिए ।

दिनहुँ संक्रमित हुनेको संख्या घटेको देखिएकाले अब संक्रमण कम हुँदै गएको अनुमान गौतमको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

उनका अनुसार देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना छन्। पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्।