काठमाडौं। नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जि न्यूजले अनर्गल र अनिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।