बाह्रबिसे पहिरोमा बेपत्ता भएका २० को अवस्था अझै अज्ञात

  • प्रकाशित मिति : २०७७ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी पहिरोले बेपत्ता भएकाको खोजि जारी राखिए पनि अझै फेला पर्न सकेका छैनन् ।



बेपत्ता भएका व्यक्तिको खोजिका लागि काभ्रे, रामेछाप, सिन्धुलीलगायत जिल्लामा पनि खबर गरिएको प्रहरीले जनाएको छ ।

बुधबार रातिको बाढी तथा पहिरोले बाह्रबिसेका विभिन्न वडाका ३६ घरमा क्षति पुगेको थियो ।