सप्तकोशीमा पानीको बहाव उच्च, ५६ मध्ये ३८ ढोका खोलियो

  • प्रकाशित मिति : २०७७ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

राजविराज । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै खतराको स्तर पार गरेको छ ।

पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजमा २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रति सेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिए ।



खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेसँगै तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आाग्रह गरिएको छ ।

कोसीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको नगरप्रमुख शैलेशकुमार साहले बताए ।