एजेन्सी । रियल मड्रिडका डिफेन्डर मार्सेलोले ला लिगाको बाँकी सिजन गुमाउन सक्ने देखिएको छ।
मांसपेशीको चोटका कारण उनी मैदान बाहिर रहेका छन्। आल्भेसबिरुद्धको खेलमा समेत उनलाई देख्न सकिएन्।
क्लबले उनको चोटको पुष्टि गर्दै मांसपेशीमा देखिएको समस्याका कारण आल्भेसबिरुद्धको खेलमा मार्सेलो नदेखिएको बताएको छ।
क्लबले चोटका कारण मार्सेलो मैदान बाहिर रहने समयका बारेमा भने खुलाएको छैन् । तर स्वास्थ्य अवस्थाका कारण उनी ला लिगा सिजनको अन्तिमसम्म मैदान बाहिर रहने सक्नेछन्।
रियल मड्रिडले गत आईतबार एथ्लेटिक क्लबबिरुद्ध प्राप्त १–० को जितमा मार्सेलोले पुरै ९० मिनेट मैदानमा बिताएका थिए। सो खेल लगत्तै क्लबले उनलाई जाँचका लागि मेडिकल सेन्टरमा पठाएको थियो। शुक्रबार मात्र उनको मांसपेशीमा देखिएको चोटको पुष्टि भएको हो।
रियल मड्रिडको मेडिकल सेवा अन्तर्गत मार्सेलोमाथि गरिएको परिक्षणमा उनको मांसपेशीमा चोट लागेको पत्ता लागेको छ। क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
पछिल्लो चोटसँगै मार्सेलोले ला लिगाको बाँकी सिजन गुमाउन सक्नेछन्। रियलले लिगमा तीन चरणको खेल खेल्न बाँकी छ।