सरकारकाे आग्रह व्यवसायीद्वारा अस्वीकार, महसुल नतिर्नेको लाइन काट्ने

  • प्रकाशित मिति : २०७७ बैशाख ७, आईतवार
  • nepaltale.com

काठमाडाैं । इन्टरनेट सेवा प्रदायकले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिमा महसुल तिर्न नसकेका कारण ग्राहकको सेवा नरोक्न गरेको आग्रह व्यवसायीले अस्वीकार गरेका हुन् । उनीहरुलेबिल भुक्तानी नगर्नेको लाइन काटिने भन्दै प्राधिकरणलाई लिखित जवाफ पठाएका छन् ।

इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसनका अध्यक्ष भोजराज भट्टले आइतबार प्राधिकरणलाई पत्र लेख्दै शारीरिक रुपमा पूर्ण अशक्त भएका वा वृद्ध ग्राहकको हको मात्र भुक्तानी नभए पनि सेवा सुचारु गर्ने जवाफ दिएका छन् ।

पत्रमा भट्टले आफूले शुल्क नलिए आफूभन्दा माथिल्ला सेवा प्रदायकलाई नियमित भुक्तानी दिनुपर्ने भएको त्यो असम्भव रहेको बताए । इन्टरनेट प्रदायकले सबै प्रदायकले डजिटल भुक्तानीको व्यवस्था गरेकाले अनलाइनबाटै भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेका छन् ।