चीनको हेबेमा भूकम्प

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • nepaltale.com

हेबे । चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो ।

भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।–एएनआई