बलात्कार प्रयासको आरोप लागेका वडाडध्यक्ष २५ हजार धरौटीमा रिहा

  • प्रकाशित मिति : २०७७ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

महेन्द्रनगर । जवरजस्ती करणी उद्योग (बलात्कार प्रयास)को अभियोग लागेका जनप्रतिनिधि (वडाध्यक्ष)लाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतले जिल्लाको भीमदत्त नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष राम नाथलाई २५ लाख रुपैयाँ धरौटीमाम रिहा गर्ने आदेश जारी गरेको हो ।



न्यायाधीश गोपाल प्रस्ताद वास्तोलाको इजलाशले नाथबाट २५ हजार धरौटी लिइ तारेखमा रिहा गर्न आदेश जारी गरेको हो ।

भीमदत्त नगरपालिकाअन्तर्गत पर्ने ब्रह्मदेव बजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाले वडाध्यक्ष नाथमाथि बलात्कार प्रयासको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

आफ्नै होटेलमा मदिरा सेवन गरेर वडाध्यक्ष नाथले आफूमाथि बलात्कार गर्न खोजेको महिलाको आरोप थियो ।

महिलाको उजुरी पछि प्रहरीले नाथलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।