काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ३७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९७ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २२ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ८१ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ४९ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ४४ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर