२३.७६ अंकले बढ्यो नेप्से, आज धेरै मूल्य बढेका यी हुन् ८ कम्पनी

  • प्रकाशित मिति : २०७८ कार्तिक १६, मंगलवार
  • nepaltale.com

काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार २८० अंकको बढोत्तरीपछि सोमबार १७ अंकले घटेको बजार आज फेरि लयमा फर्केको हो ।सूचकमा वृद्धि भए पनि आज कारोबार रकममा भने गिरावट आएको छ ।अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकम पौने २ अर्बले घटेर ६ अर्बमा सीमित भएको छ ।

सेयर बजार मापक सूचक नेप्से २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँ बढीको ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ३.७७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह पनि ३.५ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका २३० कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४७ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, कामना सेवा विकास बैंकको २२ करोड र नेपाल पुनर्बीमा कम्पनी २१ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज साहस ऊर्जा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

यसैगरी, गुडविल फाइनानस ९.१६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर र रिडी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो र लुम्बिनी विकास बैंकका सेयरधनीले ७ प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज विशाल बजार कम्पनीका सेयरधनीले भने सबैभन्दा धेरै २.९५ प्रतिशत गुमाएका छन् ।