सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने

  • प्रकाशित मिति : २०७७ श्रावण १, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाण्डौ । सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उहाँले बताउनुभयो । यो वर्ष कोरोना महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने सरकारले जनाएको हो ।