नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

  • प्रकाशित मिति : २०७७ श्रावण ५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने छ ।

विभागका महानिर्देशक सरजकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ब्रिफिङ गरेका थिए ।



त्यस क्रममा वैद्यले ९ असारपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने बताए ।

उनका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए ।

यो मात्र अझै बढेर २ सय मिलि लिटर पार्नी पर्ने सम्भावना छ। न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको वैद्यले बताए।

२४ घण्टामा कहाँ पर्‍यो धेरै पानी?

विभागका महासचिव वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ।

यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ।

यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताए। ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्म पानी पर्छ।’