काठमाडौं । भारतमा लगातार दोस्रो दिन पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कुल संक्रमित संख्या १२ लाख ८८ हजार १ सय ३० पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ सय ५५ जनाको मृत्यु भएपछि हालसम्म ज्यान गुमाउनेको ३० हजार ६ सय ४५ पुगेको छ ।

पछिल्लो दुई दिनमा मात्रै भारतमा करिव एक लाख मानिस संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५ सय ९३ संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: