कोरोना समुदायमा फैलिएको आशंकापछि वीरगन्जमा भोलिबाट निषेधाज्ञा

  • प्रकाशित मिति : २०७७ श्रावण ९, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना संक्रमणका घटना बढेपछि वीरगन्ज जिल्ला प्रशासनले भोलिबाट निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले भोलि बिहान बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।



कोरोना सङ्क्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो।

सङ्क्रमण रोक्न आवत जावत रोक्ने र परीक्षणको दायरा बढाउँदै लैजाने निर्णय भएको छ।

शुक्रबार र बिहीबार वीरगञ्जमा २ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।