धरानको तरकारी बजारमा आगलागी हुँदा ११ पसल जले

  • प्रकाशित मिति : २०७७ श्रावण १२, सोमबार
  • नेपाल टेल संवाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी भएको छ ।

आगलागीबाट ११ वटा पसलमा क्षति पुगेको छ । फलफूल तरकारी तथा कस्मेटिक, किराना, होटल लगायत जल्दा झण्डै ५२ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



आगलागीका कारण ११ जनाको पसल जलेर पूर्ण रुपमा नष्ट भएको
धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

बिहान साढे ४ बजेतिर रमा चौहान खतिवडाको कस्मेटिक पसलबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको छ

पालिका तरकारी बजार क्षेत्रका सबै पसलेहरुले आइतबार बेलुका आठ बजे पसल बन्द गरी घर गएका थिए । टिनको छाना भए पनि बाँस, प्लास्टिक प्रयोग गरिएको छाप्री भएकाले सहजै आगलागी फैलिएको थियो ।

स्थानीय समुहदाय धरान उपमहानगरपालिकाको दमकल, नगर प्रहरी र जनपद प्रहरीलाई आगो नियन्त्रण गर्न करिब एक घण्टा लागेको थियो ।