तराई नजिक सर्‍यो मनसुनी रेखा, केही दिन भारी वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७७ श्रावण १३, मंगलवार
  • nepaltale.com

काठमाडौँ । नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको छ।

आज रातिसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै भोलि पनि देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

साउन १३ गते (मंगलबार)

दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

साउन १४ गते (बुधबार)

दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ।प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ।गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साउन १५ गते (बिहिबार)

दिउँसोः देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर साधारणतया देखि अधिकांश बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।