काठमाडौं । भारतीय प्रशासनले कालापानी, लिम्पियाधुरा सहितका क्षेत्रमा नेपालीहरु लुकिछिपी प्रवेश गर्न लागेको सूचना आएको भन्दै नेपाली प्रशासन समक्ष चासो सहित पत्र पठाएको थियो।
उक्त क्षेत्रमा नेपालीलाई जान रोक लगाएको भारतीय पत्रको आशय थियो। नेपालले भारतको पत्र प्राप्त भएको दुई हप्तापछि जवाफ पठाएको छ।
दार्चुला स्थित जिल्ला प्रशासन कार्यालले भारतको धार्चुला जिल्ला प्रशासनले जवाफी पत्र पठाएको हो। पत्रमा उक्त भूमी नेपालको भएकाले नेपालीले निर्वाध रुपमा जान मिल्ने उल्लेख छ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले पठाएको पत्रमा भनिएको छ, ‘ती भू-भागमा नेपालीको आवतजावत स्वभाविकै रहेको र त्यसमा कहि कतैबाट बाधा अडचन् हुनु हुँदैन भन्ने धारणा नेपालको छ।’