विराटनगर । कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिन लकडाउन हुने भएको छ ।
भोलिदेखि दुई सातासम्मका लागि विराटनगरमा लकडाउन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण बढेका कारण लकडाउन गर्ने निर्णय भएकाे उनले बताए ।
उनका अनुसार शुक्रबार राति १२ बजेबाटै महानगरपालिका क्षेत्रभित्र १४ दिन लकडाउन गर्ने निर्णय भएकाे हाे ।
लकडाउन थप कडा हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
विराटनगरमा कोरोना संक्रमितको संख्या सय नाघेको छ ।
शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १०७ पुगेको हो ।
शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना १७ का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।