काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमति हुने मानिसहरुको संख्या दैनिक बृद्धि भइरहेको छ । गएको २४ घण्टामा भारतमा ५७ हजार संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ५७ हजार ५ सय ९ जना संक्रमित थपिएका हुन् ।

जहाँ एकैदिन ७ सय ६५ जनाको कोरोनाबाट ज्यान गएको छ र यसरी कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ३६ हजार ५ सय ५१ पुगेको छ । भारतका कोरोना संक्रमितको संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ ।

जसमध्ये १० लाख ढछ हजार ६ सय ४७ जना उपचारपछि घर फर्केका छन् । त्यसैगरी भारतमा संक्रमित ५लाख ६४ हजार ८ सय ५६ जना उपचार गराइरहेका छन् भने ८ हजार ९ सय ४४ जना संक्रमितको अवस्था गम्भिर छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: