काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का भारतमा २५ नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिले भारतमा २५ जना नेपालीको कोरोनाका कारण ज्यान गएको जनाएको हाे ।

समिति संयोजक डा. संजीव सापकोटाले अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीका डा. सागर पौडेलको हवाला दिँदै भारतमा मात्र २५ नेपालीको ज्यान गएको बताए । शनिबार मात्र भारतमा दुई नेपालीको मृत्यु भएको छ ।

उनका अनुसार यो साता संसारभर कोभिड–१९ का कारण थप २८ नेपालीको ज्यान गएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: