हत्या अभियोगमा २७ वर्ष जेल बसेपछि निर्दोष प्रमाणित

  • प्रकाशित मिति : २०७७ श्रावण २२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । निर्दोष व्यक्तिलाई व्यक्ति हत्याको आरोप स्वीकार्न लगाएर चीनले २७ वर्ष जेलमा राखेको पुष्टि भएको छ ।

हत्याको अभियोगमा सन १९९३ मा झाङ युहान नामका व्यक्ति जेल परेका थिए । तर २७ वर्ष कैद भुक्तान गरेपछि चीनको अदालतले उनलाई निर्दोष रहेको फैसला सुनाएको छ । फैसलापछि ती व्यक्ति जेलमुक्त भएका छन् ।



पूर्वी चीनका झाङ युहानलाई सन् १९९३ मा २ युवकको हत्या गरेको अभियोग लागेको थियो ।

गलत अभियोग लगाएर सबैभन्दा लामो समय जेल बस्ने व्यक्ति युहान भएका छन् । उनले बिना गल्ती ९ हजार ७ सय ७८ दिन जेल जीवन बिताएका छन् ।

चीनको अदालतले बुधबार उनको रिहाइ गरेपछि ८३ वर्षीय आमा र पूर्वपत्नीसँग उनको पुनर्मिलन भएको छ ।