३४ नेपाली खेलाडी क्वारेन्टीनमा, प्रशिक्षण भदौ १ गतेदेखि एन्फा कम्पलेक्समा

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप २०२२, एसियन कप तथा छनोट प्रतियोगिताका लागि तयारी गरेको छ ।

यसको लागि एन्फाले खेलाडीको पीसीआर गर्ने, क्वारेन्टीनमा राख्ने तथा प्रशिक्षण दिने कामलाई अघि बढाएको छ ।



नेपालले खेल्नुपर्ने बाकीँ खेलहरु अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ मा हुने सुचना पाएपछि आफुहरुले तयारी गरेको एन्फा प्रवक्ता किरण राईले बताए ।

अहिले नेपाली ३४ खेलाडीलाई पुरुष खेलाडीहरुलाई प्रशिक्षणका लागि १४ दिनको क्वारेन्टीनमा राखिएको छ । जसमा २२ खेलाडी आफ्नो घरमा तथा १२ खेलाडीलाई होटेलमा छन् ।

प्रशिक्षण भदौ १ गतेदेखि एन्फा कम्पलेक्स सातदोबाटोमा हुनेछ । नेपालले दोस्रो चरणको छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ ।

नेपालमै हुने उक्त खेल अस्ट्रेलिया,चाइनिज ताइपेई, तथा जोर्डनसँग हुनेछ ।