पछिल्लो चौबिस घण्टामा तीन संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७७ श्रावण २४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पछिल्लो चौबिस घण्टामा तीन संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७३ पुगेको छ ।

आज ४ सय ९९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।



नेपालमा ३ सय ७८ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।