काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेको छ । यसै कारण त्यहाँ एक सय ९६ जना डाक्टरले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । इण्डियन मेडिकल एसोसिएसनले उपचारमा खटिएका एक सय ९६ जना डाक्टरको ज्यान गएको भन्दै डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
एसोसिएसनले डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरुका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा शैया नपाएको उल्लेख गरेको छ । एसोसियसनले भारतमा डाक्टर र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम उच्च भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।