पत्रकार बलराम बानियाँ मृत फेला

  • प्रकाशित मिति : २०७७ श्रावण २८, बुधबार
  • nepaltale.com

काठमाडौं । तीन दिनदेखि बेपत्ता रहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पत्रकार बानियाँ मृत फेला परेका हुन् ।

बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेका एसएसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार उनी बल्खु खोलामा लडेका थिए । खोलाले बगाएर उनलाई मकवानपुर पुर्‍याएको प्रहरीको भनाइ छ ।

यद्यपि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तनहुँ घर भएका बानियाँ २ दशकदेखि कान्तिपुर दैनिकमा आवद्ध थिए । राजनीति र सुशासनका क्षेत्रमा कलम चलाउँदै आएका बानियाँको बाइलाइनमा पछिल्लो समय कान्तिपुरमा चिनियाँ पक्षबाट नेपाली भू–भाग मिचिएको समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारबारे पछि कान्तिपुरले सार्वजनिक रुपमा क्षमायाचना गरेको थियो ।