पढाएरै बाच्छु भन्थे गार्हो भयो जीवन धान्न
बिजोग हुँदा लाग्छ आज जानिएन जागिर छान्न।
रासनको बिल बढी हप्की खादा साहुको सधै
भुल भयो यो कामलाई इज्जततिलो पेशा मान्न।
बिद्यार्थीलाई बोक्ने काधको कुनै मोल नभईदिदा
असह्यनै हुन्छ पीडा आफुलाई शिक्षक ठान्न।
पढ्ने लेख्ने पढाउने धर्म ठान्दै पुजा गर्दा
नपाएसि प्रसादनै यो मन त्यता अब लान्न।
खेतीपाती थाल्छु बरु जति परोस दुखै गर्न
घर न घाटको बनाईदिने यो जागिर खादै खान्न।
– शिशिर ज्ञवाली