काठमाडौं उपत्यकामा सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।



यो अहिलेसम्मकै बढी संक्रमित संख्या हो।

संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्।