पाटन अस्पतालमा कोरोना स‌ंक्रमित महिलाको मृत्यु

  • प्रकाशित मिति : २०७७ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडाैं । ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराईरहेकी एक जना कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायककी निवासी ६१ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।



कोरोना संक्रमण देखिएपछि साउन २१ गतेदेखि पाटन अस्पताल भर्ना भएकी थिइन् ।