काठमाडौंमा थप १ सय ६९ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरमा गरि यो संख्यामा संक्रमित पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ४५ महिला र ८९ पुरुष गरि १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



त्यस्तै भक्तपुरमा २ महिला र ६ पुरुष गरेर ८ जना तथा ललितपुरमा १७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ महिला र १० पुरुष रहेका छन् ।

आज नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।