पाँचथर। फिदिममा सञ्चालित निलकण्ठ सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल करणी गरेको आरोपमा पक्राउ परेका छन्। पीडित छात्राका बुवाले जबरजस्ती करणीको मुद्धा दर्ता गरेपछि प्रिन्सिपललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
विद्यालयको होस्टेलमा बस्दै आएकी छात्रालाई प्रिन्सिपलले शनिबार राती जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रिन्सिपलले छात्रालाई होस्टलमा बन्दक जस्तै बनाएर अनैतिक काम गरेको आरोप लागेको छ।