काठमाडौं । भदौं चार गतेबाट काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा हिजो मध्यरातबाट हटेसँगै उपत्यकामा चहलपहल बढेको छ ।
आज विहानैदेखि सवारी साधन सडकमा बाक्लै देखिएका छन् । तर सवारीमा भने जोरबिजोर लागू भएको छ ।
विभिन्न व्यापार व्यवसायहरु खुलेका छन् भने मानिसको आवतजावत सुचारु भएको छ । १६ सीट भन्दामाथिका सीट क्षमता भएका सवारी साधन पनि सञ्चालनमा आएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी मापदण्डलाई ध्यान दिएर सेवाहरु सुचारु गर्न प्रशासनले आग्रह गरेको छ ।


