भक्तपुर । भक्तपुर निकोसेरामा घर झगडाले परिवार नै सखाप भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

Advertisement

घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर श्रीमानले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव शुक्रबार फेला परेको थियो ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको शव फेला परेको थयो ।

धेरैले परिवारका सदस्य सबै मृत फेला परेपछि हत्या भएको आशंका गरेका थिए तर प्रहरी अनुसन्धानमा भने फरक पाइएको छ । यद्दपी थप अनुसन्धान जारी छ ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

दोस्रोे तलाको भर्याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको बताइएको छ।

शुक्रबार करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए।

उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए।

मृतकको घरसंगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिइन।

तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताएकी थिइन् ।

श्रीमती र छोराको हत्यापछि विष सेवन ?

श्रीमती र छोराको टाउकोमा गहिरो चोट भए पनि घरमा बाहिरी मान्छेको प्रवेश नदेखिएकाले सुदीपले नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

हत्यामा धारिलो हतियार प्रयोग देखिएको प्रहरीले जनाएको छ। प्रहरीले छोराक शवसँगै हतियार फेला परेको थियो। त्यस्तै हत्यामा प्रयोग भएको अचानो भान्सा कोठा फेला परेको छ ।

प्रहरीका अनुसार दुई जनाको शव गन्हाएको अवस्थामा फेला परेको थियो भने श्रीमानको शव तुलनात्मक रुपमा आलो थियो ।

‘श्रीमती र छोराको हत्या पहिल्यै भएको र पछि आफूले आत्महत्या गरेको देखिन्छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘आमा-छोराको शव गनाएको छ तर उनको त्यस्तो छैन।’

प्रहरीले एउटा कचौरामा चम्चासहित केही बस्तु सुकेको अवस्थामा छ। त्यो सल्फर (विष) भएको प्रहरी अनुसन्धान टोलीको अनुमान छ।

यी सबै प्रहरीले परीक्षणमा पठाउने तयारी गरेको छ। किचनमा भेटिएको दालभातमा नै विष घोलेर खुवाएको हुनसक्ने देखिएपछि त्यहाँ रहेका बाँकी अंश परीक्षणका लागि संकलन गरिएको छ।

शनिबार बिहान घर पछाडि रहेको धानबारीमा प्रहरीले दुई वटा सल्फरको बट्टा फेला पारेको छ।

घरको दक्षिणतर्फ फेला परेका ती रित्तो बट्टा पनि परीक्षण गरिने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।

घटनाको कारण ऋण ?

प्रहरीले ऋणका कारण परिवार नै सखाप हुने अवस्थामा पुगेको प्रारम्भिक अनुमान गरेको छ ।

उनीहरुको घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको आफन्तले बताएका छन् जसका बारेमा प्रहरीले बुझिरहेको जनाएको छ।

ससुरालीको २ लाख ऋणको विषयमा पनि उनीहरुबीच झगडा पर्ने गरेको थियो ।

सुदीपका भाइका अनुसार काम नगरेको हल्लिएर हिडेको केही काम नगरेको भन्दै भाउजुले दाइलाई गाली गरिरहन्थिन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

error: