पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७३७ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ भाद्र ३१, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६५२ जना संक्रमित थपिएका छन् । ललितपुरका ६० र भक्तपुरका २५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।



यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।