काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ आश्विन ६, मंगलवार
  • nepaltale.com

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका गरी थप ६ सय ४७ जना संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ११ जना छन् । यस्तै, ललितपुर जिल्लाका ७३ र भक्तपुर जिल्लाका ६३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर गरी थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरेर कूल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

जसमध्येका ४८ हजार ६१ जना संक्रमण मुक्त भइसकेका छन् भने १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित छन् ।