आज केही ठाउँमा पानी पर्ने सम्भावना,कुन प्रदेशको मौसम कस्तो?

  • प्रकाशित मिति : २०७७ आश्विन १८, आईतवार
  • nepaltale.com

काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको केहीस्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएक छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छमहाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आइतबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुई स्थानहरुमा हल्कावर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का वर्षाभएको भइरहेको छ।