मंगलबार कुन-कुन स्थानमा वर्षा हुदैछ ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १६, मंगलवार
  • nepaltale.com

काठमाडौं। मंगलबार देशको पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ। राति हिमाली भूभागमा हिमपातको सम्भावना छ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।