काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर रहेकालाई काठमाडौं नआउन आग्रह गरेको छ ।
उपत्यकामा कोरोनाको जोखिम उच्च भएको र संक्रमितको संख्या उच्च रुपमा बढ्न थालेपछि सरकारले यस्तो आग्रह गरेको हो ।
दैनिक सयौंको संख्यामा संक्रमित बढिरहेको कारण कोरोना जोखिम भयावह बन्न सक्ने चिकित्सकहरुले बताइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सकेसम्म काठमाडौं नआउन आग्रह गरे ।
उनले भने, ‘काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले सकेसम्म काठमाडौँ नआउनु हुन र आउनैपर्ने अवस्थाभएमा जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर मात्र आउन मन्त्रालय अनुरोध गर्दछ।’
लकडाउन खुलेसंगै मानिसहरुले स्वास्थ्य मापदण्डलाई वेवास्ता गरेकाले स्थिति भयावह हुनसक्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् ।
जनघनत्व धेरै भएको ठाउँमा संक्रमणको जोखिम बढी हुने विज्ञहरु बताउँछन्। लकडाउन खुलेसँगै विभिन्न जिल्लाहरुबाट उपत्यकाभित्रिनेहरुको संख्याको चापले गर्दा संक्रमणको जोखिम उपत्यकामा धेरै हुने विज्ञहरु दावी गर्दै आएका थिए।
बाहिरबाट मानिसहरुआएकाले पनि सतर्कता नअपनाएको विज्ञहरुको भनाइ छ।
शनिबार उपत्यकामा संक्रमितको दर ५५.५१ देखिएको छ। यसमध्ये देशभर २ हजार १ सय २० जना नयाँ संक्रमित थपिए, तीमध्येउपत्यकाका १ हजार १ सय ७७ जना रहेका छन्।
यस्तै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको १० दिनको तथ्याङ्क हेर्ने हो भने उपत्यकामा संक्रमण दर ५५.७० पुगेको छ। १० दिनमैझन्डै १० हजार संक्रमित थपिएको पाइएको छ । यसको अर्थ कोरोना संक्रमण समुदायमन उच्च गतिमा फैलिरहेको छ ।