विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख नाघ्यो

  • प्रकाशित मिति : २०७७ आश्विन २६, सोमबार
  • nepaltale.com

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख ३३ हजार ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ७४ हजार २१९ संक्रमित थपिएका हुन् ।

कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ८१ हजार १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन हजार ७६८ जनाको मृत्यु भएको हो ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८३ लाख ३६ हजार ४८७ जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ८३ लाख १५ हजार ३७६ छ ।

त्यसमध्ये ६८ हजार ८५६ जना गम्भीर अवस्थाका छन् ।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार ५६४ पुगेको छ ।

भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको छ भने ब्राजिलमा ५० लाख ९५ हजार ३०० छ।