प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगिन् अभिनेत्री मनिषा कोइराला

  • प्रकाशित मिति : २०७७ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । हिन्दी चलचित्र उद्योग बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न अभिनेत्री कोइराला मंगलबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् ।



भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति, कोभिड १९ को समस्या र समाधानको उपाय, कला क्षेत्रको समस्या तथा देशको आर्थिक विषयमा समेत चासो राखेकी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था, कोभिडले पारेको असर तथा देशको राजनीतिक, आर्थिक विषयसहित समसामयिक कुरा राखेका प्रेस सल्लाहकार थापाले बताए ।