भाइटीकाको साँझ काठमाडौंमा १४ वर्षीया बालिकामाथि बलात्कार

  • प्रकाशित मिति : 2020-11-17
  • nepaltale.com

काठमाडौं । सोमबार (भाइटीका)को साँझ काठमाडौंमा १४ वर्षीया एक बालिकामाथि बलात्कार भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकाअन्तर्गत पर्ने नागढुङ्गाको बसुण्डोल क्षेत्रमा १४ वर्षीया बालिकामाथि एक व्यक्ति बलात्कार गरेका हुन् ।



बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा रण बहादुर विकले बनाएको छाप्रो (टहरा)मा बालिकामाथि बलात्कार भएको हो ।

बलात्कार आरोपमा प्रहरीले हुम्लाको ताजाकोट गाउँपालिका–२ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ बस्दै आएका २३ वर्षीय सूर्जवीर लुहार छन् ।

प्रहरीका अनुसार सूर्र्जवीर सोमबार साँझ बालिकालाई भेट्न बसुण्डोलस्थित छाप्रोमा पुगेका थिए । छाप्रोमा कोही नभएको मौका छोपेर उनले बालिकामाथि बलात्कार गरेका हुन् ।

प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सूर्जवीरमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।