विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

  • Published Date : 2020-11-24
  • nepaltale.com

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाटमृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । यो खबर तयार पार्दासम्म गएको २४ घण्टामा ७ हजार ६ सय भन्दा धेरैको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार २ सय नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

त्यस्तै अहिलेसम्म ५ करोड ९४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १० लाख निको भएका छन् । अहिले विश्वभर १ करोड ६९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ३ हजारको अवस्था जटिल रहे पनि अरुको अवस्था सामान्य छ ।



विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ७५ लाख २४ हजार निको भएका छन् भने २ लाख ६३ हजारको मृत्यु भएको छ ।