न्यूरोडको सडकबाट यसकारण हटाउन थालियो छाता

  • प्रकाशित मिति : २०७७ पुष १९, आईतवार
  • nepaltale.com

काठमाडौं । सामाजिक संजालमा भाइरल बनेको न्यूरोड–संकटा सडकमा राखिएका छाताहरु हटाउन शुरु गरिएको छ ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको र भीडभाडले कोरोना जोखिम बढेको भन्दै छाता हटाउने निर्णय स्थानीय व्यापारीले गरेका हुन् ।

नसोचेको रुपमा सडक भाइरल बनेपछि फोटो खिच्न र टिकटक बनाउनैका लागि पनि मान्छेहरु त्यहाँ पुगिरहेका थिए ।

भीड मात्र हुने तर व्यापार नहुने समस्या भएकाले हटाउने निर्णय गरिएको संकटा युवा क्लबले जनाएको छ ।

छाता हटाउने भन्दा पनि बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

छाता राखेको सातामै संकटाको सडक इन्टरनेटमा भाइरल बनेको थियो ।

मुलुकका अन्य शहरमा समेत यो स्टाइललाई फलो गरिएको जनाइएको छ ।

छातालाई हटाउने कि बन्द गर्ने निर्णय गर्न क्लबको बैठक बसेको थियो ।