निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

  • प्रकाशित मिति : २०७७ माघ २२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । गृहमन्त्रालयले प्रचण्ड माधव नेपाल समूहले नेपाल बन्दको आव्हवान गरेपछि ध्यानाकर्षण भएको जनाएको छ।

एक विज्ञप्ति मार्फत गृहका प्रवक्ता चक्र बहादुर बुढाले सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर आफ्नो पेशा व्यवसाय गर्न अपील गरेका छन्।



‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जवरजस्तीलगायतका अवाञ्‍छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गृहले दैनिक रूपमा सञ्‍चालित उद्योग, पेशा, व्यवसाय सञ्‍चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने पनि विज्ञप्तिमा उल्लेख गरेको छ।