काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले आज राष्ट्रव्यापी कार्यक्रम घोषणा गर्दै छ ।
शनिवार बस्ने उक्त समूहको बैठकले संगठन विस्तारका लागि राष्ट्रव्यापी कार्यक्रमको घोषणा गर्न लागेको हो ।
शुक्रवार कलंकीमा बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले संगठन विस्तार अभियान सञ्चालनका लागि राष्ट्रव्यापी कार्यक्रम बनाउने निर्णय गरेको थियो ।
त्यसका लागि छलफल भएपनि कार्यक्रम शनिवार सार्वजनिक हुने उक्त समूहका नेता योगेश भट्टराईले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय भेलामा पेश भएको अवधारणा पत्रमा १० टोलीबाट आएका सुझावलाई अन्तिम रुप दिएरु प्रकाशन गरेर कार्यकर्तामाझ वितरण गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए ।
‘राष्ट्रिय भेलामा पेश भएको अवधारणा पत्रमा १० टोलीबाट आएका सुझावलाई छलफल ग¥यौं । भोलि बस्ने बैठकमा अन्तिम रुप दिएर प्रकाशन गरेर पार्टीव्यापी रुपमा वितरण गर्ने छौं,’ नेता भट्टराईले भने,‘ यसअघि नै संगठन विस्तार गर्ने अभियान चलाउने भनेको छ, त्यसका लागि राष्ट्रव्यापी ढाँचा बनाउने बारे छलफल भएको छ र शनिवार बस्ने बैठकले कार्यक्रमको ढाँचा बनाएर पार्टीव्यापी रुपमा सर्कुलर गर्छौं ।’
एमाले र माओवादी केन्द्र व्यूतिने फैसला अदालतले गरेको भएपनि अध्यक्ष ओलीले त्यसको कार्यान्वयन गरेको भन्दै बैठकले त्यसलाई कार्यान्वयन गर्दै पार्टी एकताको रक्षाका लागि देशभरका कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको छ ।